नियम
अपाङ्गताको वर्गीकरण सिफारिस समिति
: (१) ऐनको दफा ३ को उपदफा (२) बमोजिम अपाङ्गताको वर्गीकरणमा आवश्यक हेरफेर गर्नका लागि मन्त्रालयमा सिफारिस गर्न देहाय बमोजिमको सिफारिस समिति रहनेछ :- (क) मन्त्रालयको सचिवले तोकेको महाशाखा प्रमुख - संयोजक
(ख) प्रतिनिधि, स्वास्थ्य सेवा विभाग - सदस्य
(ग) मन्त्रालयले तोकेको एक जना विशेषज्ञ - सदस्य चिकित्सक (घ) अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल -सदस्य
(ङ) अध्यक्ष, राष्ट्रिय बहिरा महासङ्घ नेपाल -सदस्य
(च) _ अध्यक्ष, बौद्धिक अपाङ्ग अभिभावक महासङ्घ -सदस्य
(छ) मन्त्रालयको अपाङ्गता सम्बन्धी विषय हेर्ने शाखाको प्रमुख -सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको समितिले आवश्यकता अनुसार सम्बन्धित विषय विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले सम्बद्ध अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास समेतको आधारमा अपाङ्गताको वर्गीकरणमा हेरफेर गर्नको लागि मन्त्रालयमा सिफारिस गर्नेछ ।
(४) उपनियम (१) बमोजिमको समितिले आफ्नो बैठक सम्बन्धी कार्यविधि आफैं व्यवस्थित गर्नेछ ।